शुक्रबार दाङमा ४ जना कोरोना संक्रमितको मृत्यु



शुक्रबार दाङमा ४ जना कोरोना संक्रमितको मृत्यु

दाङ २४ बैशाख । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डिमा शुक्रबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पातलमा उपचाररत दाङ र प्युठानका एक/एक जनाको मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ बस्ने ३२ बर्षिया एक महिलाको आज दिउसो १२ बजेर ३० मिनेट जादा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

गएको बैशाख २० गते देखी एचडियू कक्षमा उपचाररत उनको मृत्यु भएको हो । यस्तै अस्पातलमा उपचाररत प्युठान नगरपालिका वडा नम्वर ३ बस्ने ३६ बर्षिया एक महिलाको आज विहान ११ बजेर ५० मिनेट जादा मृत्यु भएको अस्पतालका व्यवस्थापक वलीले जानकारी दिए । गएको बैशाख १० गते देखी आईसियुमा उपचाररत उनको मृत्यु भएको हो । आज मृत्यु भएका दुबै जनालाई कोरोना संक्रमण संगै निमोनियाको समस्या देखिएको देखीएको होे ।

यस्तै उपचारका लागी हेलिकप्टर मार्फत काठमाडाैँ र पोखरा लगिएका दाङका दुई जना कोरोनाका बिरामीको मृत्यु भएको छ । काठमाडाैँ उपचाररत तुलसीपुर ७ का ६४ वर्षिय पुरुष र पोखरामा उपचाररत लमही ५ का ४५ वर्षिय महिलाको मृत्यु भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यस्तै बबई गाउपालिका ५ का ४० एक महिलाको पनि आजै कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट आज दाङका ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे