डिप बोरिङ्गमा पानी नआउँदा देउखुरीको कोइलावासमा खानेपानीको हाहाकार



डिप बोरिङ्गमा पानी नआउँदा देउखुरीको कोइलावासमा खानेपानीको हाहाकार

काेइलाबास २४ बैशाख । नेपालमा कोरोना भाइरस (कोभिड १९)का कारण दिनप्रतिदिन मानिसहरुले अकालमा ज्यान गुमाइ रहेको छन् । पछिल्लो समय यता कोभिडका कारण मृत्यु हुनेहरुको संख्या दाङ सहित नेपलामा ह्वात्तै बढिरहेको छ । त्यती मात्रै नभइ कोभिड १९ का कारण कैयाँै मानिसहरु अस्पतालमा अक्सिजन नपाएकै कारण छटपटाइरहेका छन् ।

कोभिडका कारण मानिसहरु छटपटाइरहेका बेला दाङको गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास नाकामा डिप बोरिङ्गमा पानी नआउँदा खानेपानीको हाहाकार मच्चियो । गत एकहप्ता सम्म काकाकुल काेइलाबासमा खानेपानीको चरम समस्य उत्पन्न भयो तर, त्यस्का बाबजुत पनि गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले व्यक्तीगत खर्चमा स्थानियहरुको घर–घरमा खानेपानी पुर्याउँदै आएका छन् ।

व्यक्तीगत चालिस हजार खर्चमा खानेपानीकाे टेङ्कर भाडामा लिएर दिनमा तेह्र हजार लिटर शुद्ध खानेपानी स्थानियहरुको घरघरमा पु¥याउदँै आएको वडाध्यक्ष सिद्दिकिले जानकारी दिए । उनले भने,–। `करिब पाँच किलोमिटर भारतकाे जरूवा स्थित टेङ्कर र आफ्नै टेक्टर प्रयोग गरेर विहान बेलुकी गरि दिनमा तेह्र हजार लिटर शुद्ध खानेपानी स्थानीयकाे घरमै पुर्‍याउदैँ आएकाे छु ।´

डिप बाेरिङ्गमा पानी नआउदा काकाकुल काेइलाबासमा १ सय ५० घरधुरी संख्याले खानेपानीको चरम समस्य खेप्नुपरेको अवस्था थियोे । `पुनः खानेपानीको सहज हुन करिब डेर महिना लाग्ने छ । डेर महिना सम्म स्थानीयलाई निशुल्क खानेपानी घर-घरमा पुर्‍याउने छु, वडाध्यक्ष सिद्दिकिले भने । खानेपानीको सहज भएसंगै स्थानीयले खुसी व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे