लुम्बिनीको राष्ट्रियसभा निर्वाचन जेठ १७ गते हुने, निर्वाचन केन्द्र दाङमा



लुम्बिनीको राष्ट्रियसभा निर्वाचन जेठ १७ गते हुने, निर्वाचन केन्द्र दाङमा

दाङ २३ वैशाख । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको वैशाख १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित चन्द्रबहादुर खड्का पार्टी छाडेपछि पदमुक्त भएका थिए । उनको ठाउँमा उपनिर्वाचन हुन लागेको हो । लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय भने दाङको घोराहीमा रहेको प्रदेश निर्वाचन कार्यालयलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे