दाङमा कोरोनाको एन्टिबडी परीक्षण सेवा सुुरु



दाङमा कोरोनाको एन्टिबडी परीक्षण सेवा सुुरु

दाङ २३ वैशाख । दाङमा कोरोनाको एन्टिबडीको परीक्षण सुरु भएको छ । विएस डाईगोनोस्टिक पोलिक्लिनिक घोराही र मेट्रोसिटी पोलिक्लिनिक तुलसीपुरको सहकार्यमा दाङमा यो सेवा सुरु भएको हो । यो सेवा जिल्लामा पहिलो पटक सुरु भएको छ ।

यस भन्दा अघि यो सेवा सुरु भएको छैन । यो सेवा सुरु भएसंगै शरीरमा कोरोना भाइरससंग लड्ने क्षमता कति छ, भन्ने कुरा थाहा हुने मेट्रोसिटीका सञ्चालक बसन्त योगीले बताए । उनका अनुसार कोरोना संक्रमितलाई प्लाज्म थेरापी विधीबाट उपचार गर्न यो परीक्षण महत्वपूर्ण हुने योगीको भनाई छ । अमेरिकन प्रबिधिद्वारा परीक्षण परीक्षण हुन्छ । त्यसकालागि मेसिजन ल्याईएको छ

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे