दाङको एक जंगलमा मानव कंकाल फेला



दाङको एक जंगलमा मानव कंकाल फेला

दाङ २० वैशाख । दाङको घोराही उपमहानगरपालिका वडा नं. १६ स्थित बाघखोर सामुदायिक बनमा मानव कंकाल फेला परेको छ । कंकाल नजिकै कपडा, जुता र घडी फेला परेको छ । कपडा, घडी, जुता घोराही स्थित रेडियो स्वर्गद्वारीमा कार्यरत देवेन्द्र ओलीको रहेको उनका परिवारले बताएका छन् ।

ओली गएको बर्ष माघदेखि हराइरहेका थिए । राप्ती शिक्षा क्याम्पसमा अध्ययनरत उनी माघ १५ गते क्याम्पसदेखि डेरामा आएको र डेराबाट निस्केपछि सम्पर्क विहीन थिए । उक्त कंकाल ओलीकै वा अन्य कुनै व्यक्तीको हो भनी डीएनए परीक्षण गर्नकालागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे