बेलझुण्डी अस्पतालमा अक्सिजन व्यबस्थापन गर्ने निर्णय



बेलझुण्डी अस्पतालमा अक्सिजन व्यबस्थापन गर्ने निर्णय

दाङ २० वैशाख । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजन अभाब हुन थालेको भन्दै आइतबार बसेको बैठकले तत्काल अक्सिजन व्यबस्थापन गर्ने निर्णय गरेको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको सहभागितामा बसेको बैठकलले दाङका ठूला उद्योगबाट अक्सिजन सिलिन्डरको तथ्याङ्क संकलन गरि आपूर्तिमा पहल गर्ने निर्णय गरेको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले बताए । ओलीका अनुसार अक्सिजन ल्याउन गाडी नेपालगञ्ज पढाईएको छ । बीचमा कुनै अबरोध नभए आजै राती अक्सिजन आइपुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे