LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा, प्रदेश प्रमुखद्वारा राजीनामा स्वीकृत



लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा, प्रदेश प्रमुखद्वारा राजीनामा स्वीकृत

बुटवल १९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएका हुन्र । उनको राजीनामा स्वीकृत भइसकेको छ ।

आज लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु हुँदै छ । त्यसअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएलगत्तै अविश्वासको प्रस्तावमाथि मतदान हुने सम्भावना टरेको छ । संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिएका थिए ।

माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेपछि लुम्बिनी प्रदेशसभा अहिले ८१ सदस्यीय छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे