बबई गाउँपालिकामा आज बिहान देखि लागु हुने गरी लकडाउन



बबई गाउँपालिकामा आज बिहान देखि लागु हुने गरी लकडाउन

तुलसीपुर १३ वैशाख । बबई गाउँपालिकामा आज बिहान देखि लागु हुनेगरी लकडाउन गरिएको छ । गाउँपालिकामा कोरोना संक्रमितको संख्या र मृत्युदर बढ्न थालेपछि अर्को सूचना नभएसम्मका लागि लकडाउन गरिएको बबई गाउँपालिकाका प्रेस संयोजक प्रेम बहादुर राम्जाले जानकारी दिए ।

गाउँपालिकामा कोरोना संक्रमितको संख्या १९ पुगेको छ भने २ जनाको मृत्यु भएको छ । स्थानीय प्रशासन, उद्योगी , व्यापारीसंग समन्वय गरेर गाउँपालिकाले लकडाउन गरेको प्रेस संयोजक राम्जाले जानकारी दिए । गाउँपालिमा आजदेखि यातायात, पसल, उद्योग धन्दा सबै बन्द हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे