प्युठानको स्वर्गद्वारी दर्शनमा रोक



प्युठानको स्वर्गद्वारी दर्शनमा रोक

प्युठान १३ वैशाख । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र प्युठानले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणलाई स्वर्गद्वारी दर्शनमा रोक लगाएको छ । कोरोना संक्रमण फैलिन नदिन उक्त निर्णय गरेको केन्द्रले जनाएको छ ।

आईतबार जिल्ला समन्वय समितिको सभाहल खलंगामा बसको बैठकले स्वर्गद्वारी आश्रममा नित्य पुजा बाहेक भक्तजन र पर्यटनलाई रोक लगाउने निर्णय भएको संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

उनका अनुसार बैठकले जिल्लाका नौ वटै स्थानीय तहमा ५ शैय्याको कोरोना अस्पताल संचालनमा ल्याउने, निर्माण ब्यबसायी र खेलकुद बिकास समितीको भवनमा जिल्ला स्तरीय आईसोलेसन स्थापना गर्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य मापडण्डको पालना गर्दै बिकास निर्माणका कार्यलाई अगाडि बढाउने निर्णय गरेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे