बाँके र बर्दियामा आज देखि एक साता लकडाउन



बाँके र बर्दियामा आज देखि एक साता लकडाउन

बाँके १३ वैशाख । कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आजबाट एक साता लकडाउन गरिएकाे छ । लकडाउन मध्यराति देखि सुरु भएकाे छ । यस अघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्र भित्र मात्र लकडाउनको निर्णय गरिएको थियो । संक्रमण फैलिँदै गएकाले जिल्लाभर लकडाउनको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार सोमबार राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म लकडाउन सुरु गरिएकाे छ । लकडाउन अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र सन्चालन गर्न दिने निर्णय प्रशासनले गरेको छ ।

यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैंकका एटिएम, औषधि पसल र हवाई सेवा पनि खुल्ला हुने छन् । बाँके र बर्दिया दुवै जिल्लाका सिमाना भारतसँग जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे