दाङमा सक्रिय कोरोना संक्रमित ५०० बढी, कुन पालिकामा कति संक्रमित ? (बिबरण सहित)



दाङमा सक्रिय कोरोना संक्रमित ५०० बढी, कुन पालिकामा कति संक्रमित ? (बिबरण सहित)

दाङ १३  बैशाख । दाङमा सक्रिय कोरोना संक्रमित ५०० बढी पुगेका छन् । आइतबार ३३ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५३० पुगेको स्वस्थ्य कार्यालय दाङले जानकारी दिएको छ। संक्रमित मध्ये सबैभन्दा बढी तलसीपुर उपमहानगरपालिकामा २५५ जना रहेका छन् । त्यसपछि घोराही उपमहानगरमा १८५ जना, लमही नगरपालिकामा २४ जना रहेका छन् ।

स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दका अनुसार शान्तिनगरमा १२, राप्तीमा १४, बबईमा २३, दंगीशरनमा ९ र गढवा गाउँपालिकामा ८ जना रहेका छन् । बंगलाचुली र राजपुर गाउँपालिकामा भने सक्रिय संक्रमित रहेका छैनन् । दाङमा कोरोना संक्रमणबाट ६१ जनाको मृत्यु भइसकेको छ । आजसम्म ४ हजार २१४ जनामा कोरोना पुष्टि भएकोमा ३ हजार ६८४ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे