LISTEN LIVE RADIO

राप्ती उपत्यकामा प्रदेश राजधानीकाे बिस्तृत परियोजना प्रतिवेदन तयार हुँदै



राप्ती उपत्यकामा प्रदेश राजधानीकाे बिस्तृत परियोजना प्रतिवेदन तयार हुँदै

दाङ १२ वैशाख । लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणले प्रदेशको स्थायी राजधानीको गुरुयोजना निर्माण सँगै प्रदेश सरकारले अगाडी सारेका अन्य संरचनाको बिस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम गरिरहेको छ । यस्तै प्रदेश सरकारले अगाडी सारेका आयोजनाहरुको सम्भाव्यता अध्ययनको काम पनि गरिरहेको पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।

प्रदेश राजधानीको गुरुयोजना निर्माण गर्ने मुख्य उद्धेश्यले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको बिजौरीमा कार्यालय स्थापना गरेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले राजधानी शहरको गुरुयोजना निर्माण गर्नका लागी परामर्श दातृ संस्था छनौट गरिसकेको छ । छनौटमा परेको परामर्श दातृ संस्थाले राप्ती गाउँपालिकामै मुकाम राखेर भौगोलीक जानकारी लिई आधुनीक राजधानी शहरको परिकल्पना तयार गरि प्रतिवेदन पेश गर्ने पूर्वाधार विकास प्राधिकरणले बताएको छ । प्रतिवेदन तयार गर्नु अघि परामर्श दातृ संस्थाले राजधानी घोषणा भएको क्षेत्रका स्थानियहरुसँग सुझाव समेत लिने छ ।

राप्ती गाउँपालिकाका जनप्रतिनिधिहरुसँग एक चरणको छलफल आफै गरिसकेको पूर्वाधार विकास प्राधिकरणले राजधानी शहर कस्तो हुने भन्ने परिकल्पना समेत गरेको र छिटै पुर्वाधार निर्माणका काम हुने पूर्वाधार विकास प्राधिकरणका सिभिल इन्जिनियर तिलकबहादुर गाहाले बताउनुभयो ।
प्रादेशिक पूर्वाधार विकास प्राधिकरणले राजधानी शहरको काम बाहेक लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशीक अस्पतालको बिस्तृत परियोजना प्रतिवेदन तयारीको काम गरिरहेको छ । राप्ती प्रादेशीक अस्पतालको मास्टर प्लान तयार भइसकेको छ । भने बिस्तृत परियोजना प्रतिवेदन तयारीको काम भइरहेको छ । लुम्बिनी प्रदेशको राजधानी कस्तो बनाउने भन्ने बिषयमा मास्टर प्लान भइरहेको र प्राधिकरणले यसका लागि आबश्यक परियोजना प्रतिवेदन तयार गरिसकेको प्रदेश राजधानी ब्यबस्थापन कार्यालयले जानकारी दिएको छ ।

प्रादेशिक पूर्वाधार विकास प्राधिकरणले राप्ती गाउँपालिकामा प्रदेश सभा भवन निर्माणका लागि टेण्डर आह्वान गरि भवन निर्माणको काम अगाडी बढाइसकेको जनाएको छ । ३ महिना भित्र सम्पन्न गर्ने गरि सभा भवन निर्माणको काम अगाडी बढेको प्राधिकरणले जनाएको छ । प्रदेश राजधानी ब्यबस्थापन तथा बिकास निर्माणका कामले गति लिदा ब्यबसायीलाई पनि फाइदा पुगेको छ ।

राजधानी दाङको देउखुरीमा आएपछि बिकास निर्माणका काम र गुरुयोजनारु बनेको बताउँदै प्रदेशको अधिवेशन पनि दाङमा गर्ने तयारी भएको जनप्रतिनिधिको भनाई छ । यस संगै यो ठाउँमा निकै चहलपहलमा फरकपन महसुस गरिएको छ । राजधानी आइसकेपछि देउखुरीबासीलाई पनि फाइदा पुगेको छ । बिभिन्न सेवा सुबिधाका पनि पाएका छन । ओझेलमा परेका ठाँउको प्रचार भएको छ । देउखुरीबासीको राजधानी प्रतिको अन्योलता पनि हटेको हँुदा स्थानीय नागरीक निकै खुसी छन् । अहिले प्रदेश राजधानी ब्यबस्थापनको लागि जुन गतिमा काम भइरहेको छ । त्यसरीनै काम भैरह्यो भने पक्कै पनि समयमै स्थानीय संरचना निर्माण गरिने छ । त्यसका लागि प्रदेश सरकारले नजिकबाट निगरानी गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे