LISTEN LIVE RADIO

देउखुरीमा मृत चित्तल फेला



देउखुरीमा मृत चित्तल फेला

देउखुरी ११ वैशाख । देउखुरीमा मृत चित्तल फेला परेको छ । लमही नगरपालिका वडा नम्बर ७ बनगैँ जँगलमा चित्तल मृत फेला परेको हो । स्वर्गद्वारी हरियाली सामुदायिक बन समितिको क्षेत्राधिकार भित्र पर्ने जँगलमा स्थानिय गोबिन्द देबकोटाले मृत चित्तल देखेपछि जनप्रतिनिधि, प्रहरी र बन कर्मचारीलाई खबर गरेका थिए ।

लमही नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कुल बहादुर बुढा मगरको रोहबरमा मुचुल्का उठाई डिभिजन बन कार्यालय देउखुरीलाई जिम्मा लगाईएको छ । मृत चित्तलको पोष्टमार्टम गरि जँगलमा गाडिने डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत पुरन चौधरीले बताए ।

जनप्रतिनिधि बुढा सहित प्रहरी चौकि बनगैँका प्रमुख कमल पौडेल, बन कर्मचारी मुरारी शर्मा, डिभिजन बन कार्यालयका प्रतिनिधिहरु, स्थानिय, सामुदायिक बनका प्रतिनिधि उद्दार कार्यमा खटिएका हुन । मासुका लागि चित्तललाई निशाना बनाएको हुनसक्ने अनुमान गरिएको छ । चित्तलको पछाडी खुट्टा र ढाडमा गोली लागेको छ । पछिल्लो समय देउखुरी लगायत दाङमा चोरी सिकारी बढिरहेको स्थानीय बताउँछन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे