सडक सञ्जाल सँग जोडिदै राप्ती गाउँपालिका, लालमटियाको २ वटा सडक स्तरउन्नती हुँदै



सडक सञ्जाल सँग जोडिदै राप्ती गाउँपालिका, लालमटियाको २ वटा सडक स्तरउन्नती हुँदै

भालुवाङ ६ वैशाख । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको २ वटा सडकको स्तरउन्नती हुन थालेको छ । लुम्बिनी प्रदेशको २५ लाख र राप्ती गाउँपालिकाको २५ लाख गरी कुल ५० लाख समपुरक बजेट मध्ये स्टीमेट अनुसार ३५ लाखको लागतमा लालमटियाको पशुवृद्ध आश्रम देखि पुन्यखोला सम्म ७ मिटर चौडाई र ५ सय २० मिटर लम्बाई रहने गरी कालोपत्रे सहितको सडक निमार्ण हुन लागेको राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापाले जानकारी दिएका छन् ।उनका अनुसार अहिले बाटोमा रहेको विद्युत पोल तत्काल हटाइने पनि बताएका छन् । त्यस्तै पश्चिम गल्लीको लालमटिया चोक देखि खुरुरीया जोड्ने सडकको पनि स्तरउन्नती हुन थालेको छ । तराई मधेश सम्वृद्धिको ३० लाख समपुर बजेट मध्ये १९ लाखको स्टीमेट अनुसार नक्साको आधारमा ७ सय मिटर लम्बाईको सडक कालोपत्रे गरिने वडा अध्यक्ष थापाले जानकारी दिएका छन् । सडकको स्तरउन्नती हुन थालेपछि स्थानीयहरु समेत खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे