भालुवाङका लौकुश गुप्ता ३ लाख ९५ हजार भारतीय रुपैयाँ सहित पक्राउ



भालुवाङका लौकुश गुप्ता ३ लाख ९५ हजार भारतीय रुपैयाँ सहित पक्राउ

घोराही ५ वैशाख । झण्डै ४ लाख रुपैयाँ भारतिय नोट सहित दाङमा एक जना पक्राउ परेका छन् । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङका ४५ बर्षिय लोकुश गुप्ता ३ लाख ९५ हजार रुपैयाँ भारतीय नोट सहित पक्राउ परेका हुन् ।गुप्तालाई उक्त रकम कम्मर र जुत्तामुनी लुकाएर हिडिरहेको अबस्थामा घोराही १५ तुलसीपुर चोकबाट पक्राउ गरिएको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । जफत भएका नोटहरु २ हजारका १०० वटा , ५ सयका ३८६ वटा , २० का ३४ वटा र १० का १६२ वटा नोट छन् ।

उनले उक्त पैसा कहाँबाट ल्याएको भन्ने खुल्न सकेको छैन् । एक व्यक्तिले अर्को व्यक्तिलाई पु¥याईदिने भनेपछि आफुले उक्त रकम बोकेको गुप्ताले प्रहरीलाई बयान दिएका छन् । थप अनुसन्धान र कार्वाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाईएको प्रहरी प्रबक्ता डिएसपी रिजालले जानकारी दिए । उक्त रकमको स्रोत समेत नखुलेको र भारतीय नोटको कारोबार गर्न नपाईने भएकाले उनलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे