होटल व्यवसायीलाई आधुनिक र नयाँ ढंगले सञ्चालन गर्न आवश्यक छ: अध्यक्ष यादव



होटल व्यवसायीलाई आधुनिक र नयाँ ढंगले सञ्चालन गर्न आवश्यक छ: अध्यक्ष यादव

देउखुरी ५ बैशाख । गढवा होटल व्यवसायी संघको तेश्रो बार्षिकोत्सव शनिवार लुम्बिनी प्रबेशको प्रबेशद्धार धानखोलामा सम्पन्न भएको छ । संघका अध्यक्ष दयाराम थापाको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले पर्यटन बिकासको आधार होटल ब्यवसाय भएको भन्दै जमानाको आवश्यकतालाई पहिचान गर्दै होटल ब्यवसायलाई आधुनिक र नयाँ ढंगले संचालन गर्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।

होटल ब्यवसाय आन्तरिक र बाह्य पर्यटन प्रबर्धन गर्ने माध्यम भएकोले ग्राहकको माग बमोजिम परिष्कृत गर्दै लैजानुपर्ने उनले बताए । कार्यक्रममा गढवा गाउँपालिकाका प्रबक्ता एवं वडा नं. १ का वडा अध्यक्ष बाबुराम अधिकारी, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढामगर, निवर्तमान अध्यक्ष रविलाल आचार्य, संस्थापक अध्यक्ष युवराज पाेख्रेल र देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष गिरिराज भट्ट लगायतले बार्षिकोत्सव सफलताको शुभकामना दिएका थिए ।

बार्षिकोत्सव समारोहलाई हाइलेण्डर कम्पनीले प्रायोजन गरेको संघका अध्यक्ष दयाराम थापाले जानकारी दिए । संघका सदस्य टोपलाल सुवेदी (सागर) को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव तिलकबहादुर पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे