राजपुरका वडा अध्यक्ष शर्माको घर जाने बाटोनै बन्द भएपछि‍‍‍‍‍‍………



राजपुरका वडा अध्यक्ष शर्माको घर जाने बाटोनै बन्द भएपछि‍‍‍‍‍‍………
राजपुर ५ वैशाख । दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष दुर्गाप्रसाद शर्माको घरमा आउनेजाने बाटोनै बन्द भएको छ। राजपुर २ बेला चाेक देखि करिब १०० मि. पश्चिम् दामोदर सडकदेखी दक्षिणतर्फ रहेको शर्माको घरतर्फ आउनेजाने बाटो नक्सामा हुँदाहुदै पनि नक्सा भित्र जगतराम यादवको घर निर्माण भएकोले शर्मा आफ्नो घरमा आउने जाने बाटो पाउन सकेका छैनन् ।
बाटोको पुर्वतर्फ रहेको सियाराम यादवको जग्गाबाट काम चलाउ तरिकाले धेरै लामो समय सम्म बाटो प्रयोगमा ल्याई घरमा आवतजावत गरेको भएपनी हाल सियाराम यादवले नक्सामा बाटो हुँदाहुँदै पनि आफ्नो ब्यक्तिगत जग्गाबाट सधैं बाटो दिन नसक्ने भन्दै आफ्नो जग्गामा बार लगाए पछि शर्मा लगायत अन्य नागरिकहरु उक्त बाटोमा आवत जावत गर्नबाट बन्चित भएका छन् ।
अहिले शर्मा लगायत शर्माको घरतर्फ जान खोज्ने मानिसहरु बाटो नभेटाएर अल्लमल्ल पर्दै कसैको घरको आगनबाट पैदल आउनेजाने गरेका छन्।
राजपुर गापाका विभिन्न स्थानमा रहेका यस्ता खालका समस्याहरु कानुनमा आधारित भएर सम्बन्धित निकायले निचोड निकाल्न नसक्ने, सानातिना कार्य गतिबिधिमापनि अनावश्यक तरिकाले राजनितीकरण गरिन खोज्नुले धेरैले यस प्रकारका समस्या भोगिरहनुपरेको स्थिती देखा परेको छ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे