LISTEN LIVE RADIO

लमही नगरपालिकामा नेकपा एमालेकाे संगठन विस्तार तीब्र



लमही नगरपालिकामा नेकपा एमालेकाे संगठन विस्तार तीब्र
लमही ५ वैशाख । नेकपा एमाले लमही नगर संगठन कमिटीले वडा स्तरमा संगठन बिस्तार तीब्र पारेकाे छ । शनिबार लमही नगरपालिका-१ मा संगठन बिस्तार अभियान अन्तरगत भेला सम्पन्न भएको छ । वडा संगठन कमिटिका अध्यक्ष चेतकान्त खनालकाे अध्यक्षता तथा सांसद, नेकपा एमालेका केन्द्रीय सदस्य रेवतीरमण शर्माकाे प्रमुख आतिथ्यतमा सम्पन्न भेलाले चेतकान्त खनाल अध्यक्ष र देवेन्द्र श्रेष्ठ सचिव रहेकाे कमिटी गठन गरेकाे छ ।
भेलालाई सम्बाेधन गर्दै प्रमुख अतिथि माननीय सांसद शर्माले जनताको बहुदलीय जनवाद पार्टीकाे मार्गदर्शक शिद्दान्नत भएको बताए । सम्माननीय प्रधानमन्त्री केपी शर्मा वलीले देश विकासकाे अभियानलाई तिब्रता दिएकाे र यही गतिमा विकासका अभियान तीब्र हुने बताए ।
भेलालाई लमही नगरपालिकाका नगर प्रमुख तथा नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य कुलबहादुर केसी, लुम्बिनी प्रदेश संगठन कमिटीका सदस्य नारायण डिसी छम्पाली, नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटीका सदस्य रतनकुमार केसी, नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटीका सदस्य धुपनारायण चाैधरी, नेकपा एमाले लमही नगर संगठन किमिटिका अध्यक्ष दण्डीराम चाैधरी, जिल्ला सदस्य गाेपाल विक, वडा अध्यक्ष तथा जिल्ला सदस्य नुमराज पाैडेल लगायतले सम्बाेधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे