दाङमा बलात्कारको झुठो आरोप लगाउने युवतीलाई एक महिना कैद सजाय



दाङमा बलात्कारको झुठो आरोप लगाउने युवतीलाई एक महिना कैद सजाय

दाङ ३१ चैत । दाङमा बलात्कार मुद्धामा बयान फर्ने एक युवतीलाई कैद सजाय तोकिएको छ । बलात्कारको उजुरी दिएर बकपत्रमा बयान फेर्ने युवतीलाई दाङ देउखुरी जिल्ला अदालते एक महिना कैद सजाय तोकेको हो ।

ती युवतीले घोराहीका तीन जना युवाले आफुमाथि सामुहिक बलात्कार गरेको आरोप लगाउदै गत असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरी दिएका एक बालिका र ति युवतीले अदालतमा फागुन ४ गते गरेको बकपत्रमा बलात्कार नभई उनीहरुलाई दुख दिन उजुरी हालेको उल्लेख गरेका छन् ।

जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले बयान फेर्ने युवतीलाई उल्टै कैद सजाय तोकेको हो । चैत २३ गते बसेको न्यायाधीश थापाको इजलासले झुट्टा मुद्धा हालेर अदालतको समय बर्बाद गर्ने र राज्यको जनशक्ति र स्रोतमा क्षति पु¥याएको ठहर गर्दै एक जनालाई नबालिग भएकोले छोडिएको छ भने अर्को जाहेरवाला युवतीलाई कैदको फैसला गरेको हो । बलात्कारको आरोप लगाउने युवतीले तीन जना युवालाई जनही २५/२५ हजार रुपैँया क्षति पुर्ती समेत दिनु पर्ने फैसला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे