लमही नगरपालिकाकाे बिभिन्न फाँटमा थन्किएर रहेका योजनाका फाइलहरुको काम फटाफट अघि बढ्न थाल्याे



लमही नगरपालिकाकाे  बिभिन्न फाँटमा थन्किएर रहेका योजनाका फाइलहरुको काम फटाफट अघि बढ्न थाल्याे

लमही ३१ चैत । लमही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी आए संगै बिभिन्न फाँटमा थन्किएर रहेका योजनाका फाइलहरुको काम फटाफट अघि बढ्न थालेका छन । यस अघि सरुवा भएर लमही नगरपालिकामा आएका अधिकृतहरु छोटै समयमा सरुवा भएर अन्यत्र जाने गर्दा नगरपालिकाको धेरै कामकाजमा समस्या हुँदै आएको थियो । प्रमुख प्रशासकीय अधिकृत डाँगी लमही आउनु पुर्व जम्माजम्मी सत्र प्रतिशत मात्र योजनाका कामहरु भएको नगरपालिका स्रोतको भनाई छ ।

 

चालु आर्थिक वर्षको असार मसान्त सम्म कम्तिमा पनि सहत्तरी प्रतिशत भन्दा माथि काम गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत डाँगीको दाबि छ । बिगतका दिनमा भन्दा यो पटक बाट नगरपालिकाको कार्य सम्पादनमा केहि फरक भएको छ ।अघिल्ला दिनहरुमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवाग्राहीको काममा असर पुग्ने हुन्थ्यो भने अहिले नगरपालिकाका बिषयगत शाखाका प्रमुखलाई भुक्तानी बाहेकका अधिकार प्रत्यायोजन गरिएको छ ।

अब सेवाग्राहीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा पनि सेवा लिन पाउने बातावरण बनेको छ, यसलाई अझै व्यवस्थित गरेर लैजाने हो डाँगीले भने । प्रमुख प्रशासकीय अधिकृत नहुँदा रानु हराएको मौरी झैँ बनेका नगरपालिकाका कर्मचारीमा अहिले काम गर्ने जोश जाँगर पलाएको नगरपालिकाका अमिन कृष्ण नेपालीले बताए । अहिले अनुगमन देखि लिएर भुक्तानीका कामहरु तिब्ररुमा भैरहेका छन् र सेवा लिन आएका कुनै पनि सेवाग्राही खालि हात फर्किन नपरेको अमिन नेपालीको भनाई छ ।

अहिले सम्म पचास प्रतिशत भन्दा बढी योजनाका काम भैसक्नु पथ्र्यो तर आन्तरिक समस्याले हुन् सकेन यहि कुरालाई लिएर नगरपालिकाका कर्मचारीले पनि स्वतस्फुर्त वैशाख २ गते देखि बिहान ८ बजे देखि बेलुका ७ बजे सम्म कार्यालयमा बसेर काम गर्ने इच्छ्या देखाएका छन् यो सकारात्मक पक्ष हो प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने । जनप्रतिनिधिको आशय बुझेर हाम्रा कर्मचारीहरुले यस्तो निर्णय गरेका हुन्, यो बिषयमा जनप्रतिनिधिहरुले नि सहयोग गर्नु पर्ने अधिकृत डाँगीको भनाई छ । असार मसान्त सम्म सहत्तरी प्रतिशत भन्दा बढी नगरपालिकाका सबै कामहरु गरेर देखाउने लक्ष्य छ डाँगीले भने ।

चालु आर्थिक वर्षको अन्तिम चौमासिक दोस्रो महिना नजिकिदै गरेको र कार्यालमा कामको चाप बढेको भन्दै वैशाख २ गते देखि अतिरिक्त समयमा पनि कार्यालयको काम हुने निर्णय भएको छ । आइतवार देखि बिहिवार बिहान ८ बजे देखि बेलुका ७ बजे सम्म, शुक्रवार बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म कार्यालयमा कामकाज हुने निर्णय भएको बैठक पछी लमही नगरपालिकाका प्रवक्ता बिम बहादुर केसीले जानकारी दिए ।

यसैबीच सोमवार बसेको बैठकले बिभिन्न निर्णय गरेको छ । चालु आर्थिक वर्षको संघिय सशर्त तर्फको नेपाल शहरी शासन तथा पूर्वाधार योजना (एनयुजीपी) अन्तर्गत लेबर इन्टेनसिभ पब्लिक वर्क (एलआईपीडब्लु ) कार्यक्रम संचालन गर्न सबै वडाहरुमा वडा स्तरिय समिति गठन गर्ने, उक्त समितिको निर्णयानुशार तत्काल मापदण्ड अनुशारका योजना छनोट गरि नगरस्तरीय समन्वय समिति बाट स्वीकृत गराई कार्यान्वयन गर्ने, कार्यपालिका सदस्य बम बहादुर विश्वकर्मा, राधा केसी र अनिता चौधरीलार्इ नगरस्तरीय समन्वय समितिमा मनोनित गर्ने निर्णय भएको प्रवक्ता केसीले जानकारी दिए ।

त्यस्तै लमही नगरपालिकाको मातहतमा रहेका कार्यालयमा रिक्त रहेका बिभिन्न दरबन्दीमा स्थायी पदपूर्ति गर्न प्रदेश लोक सेवा आयोग संग माग गर्ने निर्णय भएको छ । नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, अस्पताल, स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्र लगायत नगरपालिकाबाट सेवा प्रबाह त्यसको लागि आवश्यक कार्यविबरण सहितको जनशक्ति लगायतका कुरा एकिन गर्न सेवा प्रदायक मार्फत संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्ने निर्णय भएको छ ।

त्यसै गरि कार्यपालिका बैठकले चालु आर्थिक वर्षका योजनाहरु तदारुकताका साथ् सम्पन्न गर्न भूमिका खेल्ने, नगर विकास समितिमा गोमा बस्नेत र धुप नारायण चौधरीलाई मनोनयन गरि पठाउने भएको छ । त्यस्तै लमहीमा रहेको मनकामना बचत तथा ऋण सहकारी सस्थां लिमिटेडलाई हिँसामा परेका महिला तथा बालबालिकाहरुको लागि समुदाय स्तरीय सेवा केन्द्र ९ सेफ हाउस ० संचालनका लागि २ लाख अनुदान दिने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे