हाँसीपुरमा जंगलबाट सल्केको आगोले घर जल्यो



हाँसीपुरमा जंगलबाट सल्केको आगोले घर जल्यो

भालुवाङ २९ चैत्र । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ८ हाँसीपुरमा एक घर जलेर खरानी भएको छ । स्थानीय रोवरसिंह कवर मगरका अनुसार आइतवार दिउँसो २ः३० बजेको समयमा जंगलबाट आएको आगोले स्थानीय दिमान सिंह थापाको घरमा आगलागी हुँदा घर जलेर खरानी भएको छ ।

आगलागीबाट ८÷१० लाख बराबरको क्षति भएको बताइएको छ । सो घरका व्यक्तिहरु त्यस घरमा नबसी खर्क सालबास भन्ने ठाउँमा बस्दै आएका छन् । आगोलाई नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीहरुको सहयोगमा नियन्त्रणमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे