प्यूठानमा एमालेको समानान्तर कमिटी, अध्यक्षमा भोजविक्रम बुढामगर निर्वाचित



प्यूठानमा एमालेको समानान्तर कमिटी, अध्यक्षमा भोजविक्रम बुढामगर निर्वाचित

प्यूठान २९ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाल समुह प्यूठानको अध्यक्षमा भोज बिक्रम बुढामगर निर्वाचित भएका छन् । शनिवार प्यूठान नगरपालिका–३ जुम्रीमा रहेको विजयलक्ष्मी सहकारीको भवनमा भएको भेलाले बुढामगरलाई अध्यक्ष चयन गरेको हो ।

जिल्ला पार्टीको उपाध्यक्षमा कृष्ण बहादुर रायमाझी, सचिव दिपेन्द्र के.सी.रहेका छन् । पार्टीले १३ सदस्यीय सचिवालय समिति गठन गरेको छ । विराज भण्डारी, आर.पि.राज भण्डारी, जिआर पुलामी, तिल बहादुर घर्ति, धर्मराज भण्डारी, सन्तोष बि.क., आर रिजाल, झविलाल राहु, भिम बहादुर के.सी. र झग बहादुर बुढामगर रहेका छन् ।

सचिवालय समिति सहित ३९ सदस्यीय जिल्ला कमिटि गठन गरीएको नवनिर्वाचित सचिव दिपेन्द्र के.सी.ले जानकारी दिए । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष के.पी. शर्मा ओलीले एकलौटी र असंवैधानिक कदमहरु चाल्न थालेपछि पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल र झलनाथ खनाल सहितका नेता कार्यकर्ताहरु विरोधमा उत्रिएका थिए ।

२०७७ पुस ५ गते संसद विघटन पश्चात चिसिएको सम्बन्धलाई ओलीको अह्मताका कारण पार्टी विभाजनको दिशामा जान थालेपनि ओलीको विरुद्धमा लाग्ने नेताहरुलाई कारवाही हुन थालको छ । सिंगो पार्टीलाई सर्वोच्च अदालते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्युताइदिएको अवस्थामा ओलीले आफ्ना नेता कार्यकर्ताहरुलाई हटाएर मनोमानी गर्न थालेपछि नेपाल समुह रुष्ट बनेको छ ।

कम्युनिष्ट आचरण, विधि र पद्धतीमा चल्ने पार्टी निर्माणका लागि ओली प्रवृत्ति विरुद्धमा नेपाल खनाल समुह एमाले पुनर्गठनको अभियान थालेका नवनिर्वाचित अध्यक्ष भोज विक्रम बुढामगरले जानकारी दिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली उपस्थित थिए ।

कम्युनिष्ट पार्टी मास्नेलाई जनताले साइजमा लिनेछन्ः ज्ञवाली प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र ,संघीयता, धर्म निरपेक्षता जस्ता जनआन्दोलनका उपलब्धि मास्न र नेकपा एमाले सिद्धाउन चाहान्छन तर आफुहरु विशाल नेपाल कम्युनिस्ट पार्टीको निर्माण गर्न चाहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा लुम्बिनी प्रदेशका इन्चार्ज युवराज ज्ञवालीले बताए ।

नीति, विधान विपरीत गई स्वेच्छाचारी प्रवृत्तिले अगाडि बढेको कारण कम्युनिस्ट पार्टी यो हालतमा पुगेको गुनासो पोखे । केपी ओली समुहमा रहेका तमाम सोझासाझा, कर्तव्यनिष्ट कार्यकर्ताहरू बाटो विरायर गल्ती नगर्न आग्रह गरे ।

ज्ञवालीले कम्युनिष्ट पार्टी छिन्नभिन्न पार्नेहरु इतिहासका कलङ्कित सावित हुने र आदर्शवादी तथा कम्युनिष्ट पार्टीहरु गोलवन्द हुने समय बताए । केपी ओलीको प्रबृत्ति कै कारण आफ्नो शुभेच्छुक संगठन नेपाल पत्रकार महासंघको निर्वाचनबाट बढारिन पुगेकोले अव ओली नसच्चिए जनताले साइजमा लिने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे