गढवामा एमालेको पार्टी कार्यालय स्थापना



गढवामा एमालेको पार्टी कार्यालय स्थापना

गढवा १३ चैत्र । सर्बोच्च अदालतको फैसलाले नेकपालाई मान्यता नदिएको र पुर्व एमाले तथा माओवादी केन्द्र ब्युुताई दिएपछि दाङका बिभिन्न पालिकाहरुमा पुर्व नेकपा एमालेले संगठन बिस्तार र पार्टी कार्यालय स्थापना गर्ने अभियानको थालनी गरेको छ ।

यसै क्रममा नेकपा पुर्व एमालेले शुक्रवार देउखुरीको गढवामा गाउँपालिका स्तरीय पार्टी कार्यालय स्थापना गरेको छ । पार्टीका गाउँपालिका संगठन कमिटीका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले कार्यालयको उद्घाटन गरेका हुन् । पार्टी कार्यालयको उद्घाटन गर्दै सचिव मनोहर बुढाथोकीले पुर्व एमालेका सबै कार्यकर्ताहरु ढुक्क भएर संगठित हुन र सकृयताका साथ पार्टी गतिविधिमा समाहित हुन आव्हान गरे ।

नेकपा एमाले जिल्लाभर पार्टी संगठन बिस्तारमा लागिसकेको उनले कार्यक्रममा बताए । पार्टी कार्यालय उद्घाटन समारोहमा पार्टीका प्रदेश कमिटी सदस्य सहजराम यादव, सानुनारायण अधिकारी, अश्रण कुमार शर्मा, जिल्ला सदस्यहरु चुडामणि सुवेदी, सिता चौधरी र जेष्ठ कम्युनिष्ट मंच दाङका पुर्व सदस्य भेषराज ढुंगाना लगायतले पुर्व एमालेहरु एक ढिक्का भएर पार्टीमा लाग्न अग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे