कोइलाबासमा कोरोना जाँच हेल्थ डेस्क स्थापना



कोइलाबासमा कोरोना जाँच हेल्थ डेस्क स्थापना

गढवा १३ चैत्र । गढवा गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालय दाङको पहलमा देउखुरीको कोइलाबासमा कोरोना चेकजाँचका लागि शुक्रवार हेल्थ डेस्क स्थापना गरिएको छ । गढवा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सद्दाम सिद्दिकीको अध्यक्षतामा भएको एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष सहजराम यादव र स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले संयुक्त रुपमा हेल्थ डेस्कको उद्घाटन गरेका हुन् ।

हेल्थ डेस्कको स्थापना गर्दै अध्यक्ष यादवले दोश्रो चरणको कोभिड भारतबाट भित्रिने संभावना रहेकोले सबैलाई उच्च सतर्कता अपनाउन आव्हान गरे । गढवा गाउँपालिकाले ५ बेडको अस्थायी अस्पताल स्थापना गरी मेडिकल अधिकृत र स्वास्थ्यकर्मीहरु समेत राखेर कोभिड कोरोना सचेतनाको काम थालनी गरिसकेको बताए । कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको निर्देशन बमोजिम नेपाल भारतको सिमा क्षेत्रमा हेल्थ डेस्क राखिएको भन्दै कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे