दाङ महिला जेसिजद्धारा लमही ढिकपुरका अग्नी पिडितलाई राहत सहयोग



दाङ महिला जेसिजद्धारा लमही ढिकपुरका अग्नी पिडितलाई राहत सहयोग

लमही ८ चैत्र । दाङ महिला जेसिजले लमही नगरपालिका ६ ढिकपुर राप्ती टोलका ५ घर अग्नी पिडीतलाई जिन्सी र खाद्यन्न सहयोग गरेको छ । आगलागीबाट घर पूर्णरुपले नष्ट भएपछि विचल्ली परेको परिवारलाई जेसिजले सिरक डसना सहित खाद्यान्न सहयोग गरेको हो ।

दाङ महिला जेसिजका अध्यक्ष ममता बिष्टको अध्यक्षता एवं वडा नम्बर ६ का सदस्य कृष्ण खत्री र राप्ती टोलका अध्यक्ष अनुप बुढामगरको उपस्थितीमा अग्नी पिडितलाई उक्त राहत सामाग्री प्रदान गरिएको हो । ९ थान सिरक डसना, ५० किलो चामल, दाल, आलु, नुन ५÷५ किलो, ५ लिटर तेल, ५ प्याकेट भुजा र २ दर्जन बिस्कुट उपलब्ध गराईएको कार्यकारी उपाध्यक्ष संगिता गिरीले जानकारी दिइन् ।

एक साता पहिले विद्युतको तार सर्ट भएर भएको आगलागीबाट ५ घर जलेर नष्ट भएका थिए । स्थानीय वलिराम चौधरी, रेशमबहादुर बुढा, प्रेम चौधरी, दिनेश चौधरी, सर्जु चौधरीको घर जलेर नष्ट हुदा १६ लाख बढीको क्षती भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे