LISTEN LIVE RADIO

स्वर्गीय मधुकुमारी बाहुनको श्रद्धाञ्जली सभा सम्पन्न



स्वर्गीय मधुकुमारी बाहुनको श्रद्धाञ्जली सभा सम्पन्न

देउखुरी ६ चैत्र । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ ले श्रद्धाञ्जली सभाकाे अायाेजना गरेकाे छ । गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुरमा २०४८ साल देखि पार्टी सदस्यकाे रुपमा क्रियासिल दिवंगत मधुकुमारी बाहुनकाे स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेकाे हाे ।

वडा कमिटी अध्यक्ष रुपलाल चाैधरीकाे अध्यक्षता तथा नेकपा एमालेका नेता, लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माकाे प्रमुख अातिथ्यतामा श्रद्धाञ्जली सभा सम्पन्न भएको थियाे । सांसद शर्माले चन्दनपुरमा बसाेवास हुँदा देखि मधुकुमारी नेकपा एमालेमा संगठित भएको र कम्युनिस्ट अान्दाेलन सफल पार्न उनकाे भूमिका अतुलनीय रहेकाे स्मरण गरे ।

श्रद्धाञ्जली सभालाई नेकपा एमालेका जिल्ला सचिव मनाेहर बुढाथोकी, राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष देवु बस्नेत, वडा अध्यक्ष लक्षण चाैधरी लगायतले  शोक मन्तव्य व्यक्त गरेका थिए । दिवंगत मधुकुमारी बाहुनका जेठा ज्वाई गजाधर खनालले किरिया गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे