LISTEN LIVE RADIO

तुलसीपुरमा स्कुटर र मोटरसाइकल एक आपसमा ठोकिदा एक जना गम्भीर घाइते



तुलसीपुरमा स्कुटर र मोटरसाइकल एक आपसमा ठोकिदा एक जना गम्भीर घाइते

तुलसीपुर ६ चैत । तुलसीपुरमा स्कुटर र मोटरसाइकल एक आपसमा ठोकिदा एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार दिउँसो साढे १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गुल्मचोकस्थित तुलसीपुरदेखि घोराहीतर्फ जादै गरेको रा ५ प ७२१६ नं.को स्कुटरलाई सोही दिशातर्फबाट जादै गरेको रा २ प ६०२१ नं.को मोटरसाइकलले ठक्कर दिंदा एक जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ राजापुर निवासी १६ वर्षिय पवन डाँगी घाइते भएका छन् । घाइते डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात कोहलपुर रेफर गरिएको अस्पतालले बताएको छ । उनलाई छाती र पेटमा चोट लागेको अस्पतालले बताएको छ । साथै स्कुटर र मोटरसाइकल इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे