LISTEN LIVE RADIO

बिछोडको पिडा समवेदना मार्फत बाड्न चाहन्छौं : शर्मा



बिछोडको पिडा समवेदना मार्फत बाड्न चाहन्छौं : शर्मा
सिसहनियाँ १ चैत्र । लुम्बिनी प्रदेश सभा सदस्य  रेवतीरमण शर्माले दुःख एक अर्का संग साटासाट गरेर त्यसलाई कम गर्न सकिने भएकाले मृत्यु संस्कारको क्रममा सहभागी हुने प्रचलन चल्दै आएको बताएका छन् । राप्ती गाउँपालिका वडा नं. ५ सिंगे निवासी नेकपा एमाले राप्ती गाउँपालिका कमिटिका सदस्य पिमप्रसाद भट्टराईका बुवा भेषराज भट्टराईको श्रद्धाञ्जली सभामा प्रमुख अतिथि शर्माले अभिभावक निधनले सिंगो पार्टीले पिडा महशुस गरेको र त्यो पिडा समवेदना मार्फत व्यक्त गरिएको बताए ।
‘अन्याको वेलामा बोल्न सिकाउने, उत्प्रेरणा दिने बुवा आज हुनुहुन्न । त्यसमानेमा हामी पनि पिडित छम । र त्यो पिडा हामी समवेदनाको रुपमा व्यक्त गर्न चाहन्छौं’शर्माले भने–‘जाहे त्यो लेखेर होस, चाहे त्यो बोलेर होस । अथवा भावनाले होस । हामी पिडामा संगै छौं ।’
नेकपा एमाले राप्ती गाउँपालिका वडा नं. ५ का वडा कमिटि अध्यक्ष देवप्रसाद चौधरीको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभालाई नेकपा एमालेका नेता किरण भण्डारी, दिवंगत भेषराज भट्टराईका छोरा पिमप्रसाद भट्टराई लगायतले श्रद्धाञ्जली मन्तब्य ब्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण नेकपा एमालेका जिल्ला सदस्य मदन अधिकारीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे