LISTEN LIVE RADIO

जलजला बोर्डिङ स्कुलको पहलमा बोन म्यारो पीडित सारुलाई आर्थिक सहयोग



जलजला बोर्डिङ स्कुलको पहलमा बोन म्यारो पीडित सारुलाई आर्थिक सहयोग

अर्घाखाँची २६ फाल्गुन । अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नम्बर ८ लाहापे स्थित जलजला अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो भुपु विद्यार्थी बोन म्यारो पीडित खिमा सारु रितालाई आर्थिक सहयोग गरेको छ ।

बिद्यालयका प्रधानाध्यापक छबिलाल कडेलले बिरामीको बुबा डिलबहादुर सारुलाई रु २१ हजार ५ सय ५ रुपैया हस्तान्तरण गरेका छन् । उक्त रकम उनले आफ्ना बिद्यालयका शिक्षक कर्मचारी, छिमेकी, आफन्तजन, विभिन्न संघ संस्थाका ब्यक्तिहरुबाट सहयोग लिई हस्तान्तरण गरेका हुन् ।

सहयोग गर्नेहरुमा प्रधानाध्यापक राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीबाट ३ हजार ३ सय १५, आफू कार्यरत जलजला बोर्डिङ स्कुलका सन्चालक, शिक्षक कर्मचारीबाट ५ हजार २ सय ८०, बिष्ट स्वास्थ्य पोलिक्लनीक सिसहनियाँका सञ्चालक तथा स्वास्थ्यकर्मी प्रकाश बिष्ट, उनकी श्रीमती कुन्ता विष्ट र उनकी बुहारी कुन्ता पौडेल विष्टबाट ३ हजार ३ सय, सुनौलो मेडिकल हल मौरीघाटका सञ्चालक हेमराज शर्माबाट १ हजार, बेल्बासे मोबाइल सेन्टर पुल्चोक भालुबाङका प्रोप्राइटर अशोक बेल्बासेबाट १ हजार ५ रूपैयाँ सहयोग गरेका छन् ।

त्यसै गरी राप्ती गाउँपालिका १ पाखापानी घर भई हाल कोरिया बस्दै अाएका दिपक कडेलबाट ३ हजार, राप्ती गाउँपालिका १ पाखापानी घर भई हाल कोरिया बस्दै अाएका अजय पौडेलबाट २ हजार, शुभलक्ष्मी मोबाइल सेन्टर सिसहनियाका प्रोप्राइटर जितेन्द्र गुप्ताबाट १ हजार ५, राप्ती गाउँपालिका १ भालुबाङ निवासी हरिबहादुर सुनारबाट १ हजार ५ सय, राप्ती गाउँपालिका १ पाखापानी निवासी भगवता पोख्रेलबाट १ सय रूपैयाँ  गरि कुल २१ हजार ५ सय ५ रुपैया संकलन भएको जलजला अंग्रेजी बोर्डिङ स्कुलका प्रधानाध्यापक छबिलाल कडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे