तुलसीपुरमा लाइसेन्स नबोक्ने २३ चालक प्रहरीको नियन्त्रणमा



तुलसीपुरमा लाइसेन्स नबोक्ने २३ चालक प्रहरीको नियन्त्रणमा

तुलसीपुर ४ फागुन । तुलसीपुरमा प्रहरीले सवारी चालक अनुमतिपत्र (लाईसेन्स) नभएका मोटरसाइकल तथा स्कुटर चलाउने २३ जनालाई आज पनि नियन्त्रणमा लिएको छ । मापदण्ड विपरीत मोटरसाइकल र स्कुटर चलाएको भन्दै प्रहरीले आज २३ जनालाई तुलसीपुरको विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिकाको विभिन्न स्थानबाट २३ जनालाई लाइसेन्स विनाको सवारी साधन चलाएको भेटिएसंगै नियन्त्रणमा लिएको छ । मंगलबार बिहान साढे सात बजेदेखि साढे नौँ बजेसम्ममा २३ जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको डिएसपी सिंहले बताए ।

यन्त्रणमा लिइएकालाई उनीहरुका आफन्ती तथा सम्बन्धीत व्यक्तिलाई सम्पर्क गरी सम्झाई बुझाई गरिने समेत बताएका छन् । त्यस्तै सोमबार नियन्त्रणमा लिइएका ४४ जनालाई कानुनी प्रक्रिया पुरा गरि प्रति व्यक्ति ५०० देखि १५०० जरिवाना तिराएर छोडिएको बताए ।

साथै नियन्त्रणमा लिइएका ४४ जनाकै आफन्त तथा सम्बन्धीत व्यक्तिलाई इलाका प्रहरी कार्यालयमा बोलाएर तीन घण्टासम्म ओरेन्टेसन प्रदान गरिएको र अबदेखि विना लाइसेन्सको सवारी साधन चलाउन नदिने सर्तमा उनीहरुलाई छोडिएको सिंहले जानकारी दिए । लाइसेन्स विना सवारी साधन विशेष गरी क्लेज पढ्ने युवायुवतीले प्रयोग गर्ने भएकोले उनीहरुप्रति यो कार्यक्रम केन्द्रित गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे