दाङमा सुकुम्बासीलाई लालपूर्जा दिन लगत संकलनको काम सुरु



दाङमा सुकुम्बासीलाई लालपूर्जा दिन लगत संकलनको काम सुरु

दाङ ४ फागुन । भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिन घोराही उपमहानगरपालिकाले वडा स्तरबाट फारम भर्ने काम सुरु गरेको छ ।

यसै क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १८ ले दलित ज्येष्ठ नागरिक ८५ वर्षिय बहादुरे सुनारको पहिलो फारम भरेर लगत संकनल थालेको हो । वडाअध्यक्ष भरतमणी अर्यालको अध्यक्षतामा कार्यक्रम गरी वर्षौदेखी कट्वालको पेशा गर्दै आउनुभएका सुनार भूमिहिन दलित भएको र उहाँकै फारम भरी वडामा काम सुरु भएको हो ।

सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दै आएकाहरूलाई लालपूर्जा दिने काममा पहिलो चरणमा फारम भरेर लगत संकलनको काम सुरुभएको वडा अध्यक्ष अर्यालले बताए । यो कार्यक्रमबाट लक्षित बर्गहरु निकै उत्साहित र खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे