उवासंघको चुनाबमा नेकपाको चुनाब प्रचार कमिटि गठन



उवासंघको चुनाबमा नेकपाको चुनाब प्रचार कमिटि गठन

तुलसीपुर २६ माघ । तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का तर्फका उम्मेदवारलाई जिताउनकालागि प्रचार–प्रसार समिति गठन गरिएको छ । सोमबार तुलसीपुरमा भएको भेलाले ओपेन्द्र बस्नेत संयोजक र दीपक बोहरा सहसंयोजक रहेको समिति गठन गरिएको हो ।

प्रेस संगठनका नेता तथा आबद्ध सबैलाई पदेन सदस्य राखिएको छ । निर्वाचन मुल आयोजक कमिटिका संयोजक नारायण खनालको अध्यक्षतामा भएको भेलाले प्रेस संगठनका नेताहरु प्रवल रेग्मी, आजाद् खड्का, संगीत बस्याल, सुनिलकुमार आचार्य, बसन्त विवस आचार्य, राकेश बस्नेत, हेमराज डाँगी, गणेश आचार्य, बसन्त पौडेल, बसन्त परियार, लक्ष्मण बिश्वकर्मा, भागवत भट्टराई, डिल्लीराज भुषाललगायतलाई निर्वाचन प्रचार समितिको पदेन सदस्य बनाईएको छ ।

नेकपाको तर्फबाट अध्यक्ष बनेका रामप्रसाद चालिसेको प्रमुख आतिथ्यमा भेला भएको हो । निर्वाचन फागुन १ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे