LISTEN LIVE RADIO

दाङमा ३५ सय ३७ जनाले कोरोना विरुद्धको खोप लगाए



दाङमा ३५ सय ३७ जनाले कोरोना विरुद्धको खोप लगाए

घोराही २६ माघ । दाङमा पहिलो चरणमा तीन हजार ५ सय ३७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । माघ १४ देखी हाल सम्म पहिलो चरणमा घोराही, तलसीपुर र लमहीबाट स्वास्थ्यकर्मी, सफाईकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका, कोरोनाबाट मृत्युभएकाको शब व्यवस्थापनमा खटिएका व्यक्तिहरुले खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यालय दाङका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीबाट १३ सय ५५, प्रादेशिक अस्पताल तुलसीपुरबाट १५ सय ७४ जना र लमही अस्पतालबाट ६ सय ८ जनाले कोरोना बिरुद्धको खोप लगाएका हुन् । ति मध्य १२ सय ९५ जना स्वास्थ्यकर्मीले खोप लगाएका छन् ।

घोराहीबाट ४ सय ७४, तुलसीपुरबाट ५ सय ५३ र लमहीबाट २ सय ६८ जना स्वास्थ्यकर्मीले खोप लगाएको स्वास्थ्य कार्यालयका फोलक पसर्न कलम चन्दले जानकारी दिए । दाङमा पहिलो चरणमा कोरोना संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा खटेर काम गर्नेहरुलाई भनि ६ हजार ५ सय ९५ डोज खोप आएको थियो । उक्त बचेको खोप पुनः २८ दिन पछि दास्रो खोप उनिहरुलाई नै लगाईने चन्दको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे