गढवा गाउँपालिकाका वडा सचिवहरुलाई सेवा प्रवाहका बिषयमा प्रशिक्षण



गढवा गाउँपालिकाका वडा सचिवहरुलाई सेवा प्रवाहका बिषयमा प्रशिक्षण

शिबराज पन्थी, गढवा ७ माघ ।

देउखुरीको गढवा गाउँपालिकाले वडा स्तरमा नागरिकहरुलाई दिने सेवा प्रवाहलाई प्रभावकारी बनाउन आठवटै वडाका सचिव र कम्प्युटर अपरेटरहरुलाई तालिम दिएको छ । गत आइतबारदेखी सुरु भएको प्रशिक्षण मंगलबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा सो कार्यक्रमको समापन गरिएको हो । कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शम्भुराज आचार्य, वडाध्यक्ष तुलसीराम अधिकारी, कर्मचारी बसन्ती चौधरी र वडा नं. ५ का वडासचिव लगायतले बोल्नु भएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सेवा प्रवाहको गुणस्तरियतालाई प्रभावकारी बनाउन तालिमको आयोजना गरिएको बताउदै इमान्दारिताका साथ नागरिकहरुलाई सेवा दिन कर्मचारीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे