दाङ जिल्ला उवासंघको नवनिर्वाचित पदाधिकारीलाई सम्मान



दाङ जिल्ला उवासंघको नवनिर्वाचित पदाधिकारीलाई सम्मान

घोराही २२ पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत एवम शुभकामना कार्यक्रम सम्पन्न भएको छ । घोराहीमा रहेको भिग्रेली भिलेजमा कार्यक्रम भएको थियो । प्रसार प्रसार समितिका संयोजक गेहेन्द्र बस्नेतको अध्यक्षता रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लालाई अब आर्थिक, सामाजिक तथा सास्कृतिक रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष समेत रहनु भएका माधव शर्माले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए । उनले अहिले निर्वाचित हुनेहरु जुनसुकै प्यानलबाट भए पनि पूर्व अध्यक्षहरुको पुर्ण रुपमा सहयोग मिल्ने बताए । कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिन्य संघका बर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले विभिन्न चुनौतिहरु खेप्दे अहिले नयाँ कार्यसमिति गठन गर्न सफल भएको बताए ।

उनले आफ्नो कार्यकालमा हुदै गरेका कामहरु सम्पन्न भैनसकेकाले नयाँ कार्यसमितिले सहज रुपमा स्वीकार्दै बिचैमा रोकिएका ती कार्यहरु सम्पन्न गर्नुहुनेछ साथै नवनिर्वाचित कार्यसमितिले जिल्लाको आर्थिक, सामाजिक विकासको क्रान्ति सिर्जना गर्नुहुनेछ उनले भने । नयाँ कार्यसमितिले सत्ताको गरिमा जोगाउने कार्य गर्नेमा आफु ढुक्क रहेको बताए । उनले आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद पनि ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष टंकसिह बुढाथोकीले आफु यो क्षेत्रमा सक्षम भएकाले अध्यक्ष पदमा उठेको हुदा सबैको साथ सहयोगबाट नै आफुले संघको प्रतिष्ठा माथि उकास्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, नेपाली काङ्गेसका जिल्ला सचिव शंकरप्रसाद डाँगी, नेकपा जिल्ला अध्यक्ष टिकाराम खड्का, संविधान सभा सदस्या राजु खनाल, नेकपा जिल्ला इन्चार्ज जीवन गौतम लगायतले शुभकामना मन्तव्य गरेका थिए । प्रसार प्रसार समितिका सहसंयोजक गुरुप्रसाद कँडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शुशिलप्रसाद आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे