ओली कदम बिरुद्ध काँग्रेसले दाङमा गर्ने प्रदर्शनको व्यापक तयारी गर्दै



ओली कदम बिरुद्ध काँग्रेसले दाङमा गर्ने प्रदर्शनको व्यापक तयारी गर्दै

तुलसीपुर २२ पुस । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा बिघटन गरि असंबैधानिक कदम चालेको बिरोधमा नेपाली काग्रेसले सडक संघर्ष थालेको छ । असंबैधानिक कदमका बिरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरु संबैधानिक ईजलासमा सुनुवाई प्रक्रिया शुरु भइरहेका छन् ।

तर, काग्रेसले भने प्रधानमन्त्री केपी शर्मा ओलीको स्वच्छारी कदममा राष्ट्रपति बिद्यादेबी भण्डारीले समेत ल्याप्चे लगाई मुलुकलाई थप संकटमा पार्ने कार्य गरेको बिरोधमा सडकमा जानुपर्ने बाध्यता भएको बताएका छ । काग्रेसले लोकतन्त्रको संरक्षण र दूई तिहाई बहुमत नजिकको नेकपाले लोकतन्त्रीक प्रणालीलाई नै संकट तर्फ धकेल्न थालेकोले चरणबद्ध आन्दोलनमा उत्रनु परेको बताएको छ । काग्रेसले आफ्ना भातृ तथा स्वेच्छुक संघसंस्था र अन्य पार्टी तथा नागरिक समाजलाई आन्दोलनमा उत्रन समेत आह्वान गरि सकेको छ ।

त्यसका लागि आगामी पुस २५ गते देशका सबै निर्वाचन क्षेत्रमा बिरोध सभा गर्ने भएको छ । त्यसका लागि नेपाली काग्रेसले दाङका ३ वटा निर्वाचन क्षेत्र र ६ वटा प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा एक साथ सडक संघर्ष गर्ने तयारीमा जुटेको हो । २५ गते मध्यान्ह साढे १२ बजे तुलसीपुर स्थीत पार्टीकोे क्षेत्रीय कार्यालयबाट शुरु भएको बिरोध ¥याली बीपिचौक पुगि बिरोध सभामा परिणत हुने क्षेत्रीय सचिब चूर्णबहादुर चौधरीले जानकारी दिए ।

दाङ क्षेत्र नम्वर ३ को (क)का सभापति घनश्याम ढकालको सभापतित्व एबम क्षेत्र नम्वर ३ का सभापति जगतबहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले केन्द्रीय कार्य समितिले घोषणा गरेको केपी शर्मा ओलीको असंबैधानिक कदमका बिरुद्ध घोषणा गरेको आन्दोलनलाई प्रभाबकारी तथा ब्यबस्थीत रुपमा तुलसीपुरमा प्रदर्शनमा उत्रन सचिब चौधरीले जानकारी दिए । लोकतन्त्रिक प्रणालीको रक्षाका लागि त्यसका पक्षधर सबैलाई एकताबद्ध हुन आह्वान समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे