मोटरसाइकल र अटो एक आपसमा ठोक्किदा एक जना घाइते



मोटरसाइकल र अटो एक आपसमा ठोक्किदा एक जना घाइते

तुलसीपुर  २१ पुस । दाङमा मोटरसाइकल र अटो रिक्सा एक आपसमा ठोक्किदा एक जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वारको पेट्रोल पम्प नजिक मोटरसाइकल र अटो रिक्सा एक आपसमा ठोक्किदा  मोटरसाइकल चालक ३० वर्षीय इन्द्र बहादुर वली घाइते भएको  इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

भमकेबाट श्रीगाँउ तर्फ जादै गरेको रा ४ प १६१३ नम्बरको मोटरसाइकललाई सोहि दिसामा जादै गरेको अनटेष्ट अटो रिक्सा बिहान ११ बजेतिर एक आपसमा ठोकिएका थिए  । घाइते वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । साथै मोटरसाइकल र अटो रिक्सालाई बेलुवा प्रहरी चौकीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे