LISTEN LIVE RADIO

तुलसीपुरको नयाँ बसपार्कमा सरसफाई गरियो



तुलसीपुरको नयाँ बसपार्कमा सरसफाई गरियो

तुलसीपुर १५ पुष । तुलसीपुर स्थित नयाँ बसपार्कमा बुधवार विहान सरसफाई गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटिको आयोजनामा बसपार्कमा सरसफाई गरिएको हो । बसपार्कमा जथाभावी फोहोर नफालौ, सरसफाईमा ध्यान दिऔँ भन्ने नाराका साथ संगठनको आयोजना तथा यातायात व्यावसायी, कर्मचारीहरुको सहभागितामा सरसफाई गरिएको हो ।

संगठनका जिल्ला अध्यक्ष केशव बहादुर भण्डारीको अध्यक्षतामा भएको सरसफाई कार्यक्रममा संगठनका केन्द्रिय सदस्य खगेन्द्र वली, लुम्बिनी प्रदेश कमिटिका पुर्व सदस्य अमर बहादुर डाँगी, त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका प्रशासनिक सचिव प्रकास भट्ट लगाएतले बसपार्क सवैको हो भन्ने बनाउनका लागी सवै जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।

विशेषगरी बसपार्कमा यातायात मजदुर, कर्मचारी, यातायात व्यवसायीले हरेकलाई सचेत र जिम्मेवार बनाउनु पर्ने र स्थानिय सरकारले पनि नियमनकारी भुमिका निर्वाह गर्नुपर्ने उनीहरुको भनाई छ । यसका साथै स्वंयम बसपार्क आउने जो सुकै नागरिक तथा यात्रुले पनि जथाभावी फोहोर गर्नु हुदैन भन्ने मानसिकताको विकास गरी फोहोरहरु डस्टविनमा राख्नुपर्नेमा ध्यान दिन आबश्यक रहेकोमा जोड दिएका छन् । तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग बाणिज्य संघले सन्चालन गरेको सरसफाई अभियानलाई टेवा पुग्ने गरी संगठनले प्रत्येक महिनाको १५ गते सरसफाई अभियान सन्चालन गदै आएको छ ।

कार्यक्रमको सहजीकरण सचिव यज्ञ बहादुर बुढाथोकीले गरेका थिए । साथै संगठनको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । सवारी दुर्घटना न्युनीकरणका लागी यातायात मजदुरहरुको उपस्थितिमा बसपार्कमा ट्राफिक सचेतना कार्यक्रम गरिएको संगठनका प्रेस सल्लाहकार लक्ष्मण विश्वकर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे