राप्ती गाउँपालिकाको पाचौँ कार्यपालिका बैंठक सम्पन्न



राप्ती गाउँपालिकाको पाचौँ कार्यपालिका बैंठक सम्पन्न

तिर्थराज ज्ञवाली, मसुरिया ७ पुस । राप्ती गाउँपालिकाको पाचौँ कार्यपालिका बैठक आज सम्पन्न भएको छ । कार्यपालिकाको पाचौँ बैठकले विभिन्न विषय छलफल गरेको हो ।

गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको बैठकले सुरक्षित आवास कार्यक्रम, पार्क निमार्ण, सिसहनिया अस्पतालको नाममा जग्गा प्राप्तीका लागि नेपाल सरकारलाई सिफारिस, स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजनाहरु, कर्मचारी तथा जनप्रतिनिधिको सवारी साधन फिर्ता लगायतका विषयमा छलफल भएको प्रवक्ता विद्याशरण चौधरीले बताए ।

बैठकले स्थायी राजधानी व्यवस्थापन समन्वय समितिको निर्णय कार्यान्वयन, सुत्केरीलाई उपाध्यक्ष कोशेली कार्यक्रम, लघु उद्यम विकास कार्यक्रम सञ्चालन, भालुवाङ नगर विकास समितिमा सदस्य मनोनयन र विद्यालय रङ रोगन तथा मर्मत गर्ने निर्णय गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे