राष्ट्रिय दलित आयोगको अध्यक्षमा दाङका विश्वकर्मा सिफारिस (को–को, कहाँ कहाँ नियुक्त भए ?)



राष्ट्रिय दलित आयोगको अध्यक्षमा दाङका विश्वकर्मा सिफारिस (को–को, कहाँ कहाँ नियुक्त भए ?)

दाङ, ५ पुष । राष्ट्रिय दलित आयोगको अध्यक्षमा दाङका देवराज विश्वकर्मालाई सिफारिस गरिएको छ । मंसिर ३० गतेको बसेको संवैधानिक परिषद् बैठकले आयोगको अध्यक्षमा नियुक्तिका लागी नेकपा नेता समेत रहेका विश्वकर्मालाई सिफारिस गरेको हो ।

उनी तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य तथा शिक्षा समितिका संयोजक समेत हुन् । यस्तैगरी बैठकले आयोगको सदस्यका लागी मिना सोब, परशुराम रम्तेल, कुञ्ज बराइली र मेहेले पार्कीलाई सिफारिस गरेको छ ।

बैठकले विभिन्न संवैधानिक आयोगका ४५ जना पदाधिकारी तथा सदस्यहरुको सिफारिस गरेको नामावली संसदीय सुनुवाईका लागि संसद सचिवालयमा पुगेको छ । प्रतिनिधिसभा विघटन भएलगत्तै संवैधानिक परिषद्को पत्र सचिवालयमा पुगेको हो ।सचिवालयमा पुगेको पत्र अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्वगृहसचिव प्रेमकुमार राई सिफारिस भएका छन् । त्यस्तै मानव अधिकार आयोगको अध्यक्षमा तपवहादुर मगर सिफािरस भएका छन् भने महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुली नियुक्त भएकी छन् ।

परिषद्को सिफारिसमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवाले सिफारिस गरेका व्यक्ति समेत परेका छन् । प्रधानमन्त्री ओलीले ४५ पदमध्ये १५÷१५ बाँड्ने प्रस्ताव यसअघिनै राखेका थिए । काग्रेसका सभापति देउवा र सभामुखको उपस्थिति नरहे पनि संवैधानिक परिषदबाट मिलाएरै नाम सिफारिस गरिएको स्रोतले जनाएको छ ।

को–को, कहाँ कहाँ नियुक्त भए ?

अख्तियार प्रमुखमा
प्रमुख आयुक्तः प्रेमकुमार राई
आयुक्तः जयवहादुर चन्द
आयुक्तः किशोर सिलवाल

मानवअधिकार आयोग
अध्यक्षः तपवहादुर मगर
सदस्यहरुः
मनोज दुवाडी
डा सूर्य ढुंगेल
लिलि थापा
मिहि ठाकुर

निर्वाचन आयोग
आयुक्तहरु
रामप्रसाद भण्डारी
डा जानकी तुलाधर
वित्त आयोग
जुद्ध गुरुङ
अमरराज मिश्र

महिला आयोग                                               
अध्यक्षः कमलाकुमारी पराजुली
कृष्णकुमारी पौडेल खतिवडा
विद्याकुमारी सिन्हा

समावेशी आयोग
अध्यक्षः मनप्रसाद खत्री
सदस्यहरु
रामचन्द्र जोशी
हरिभक्त जोशी
जितेन्द्र पाश्वान

आदिवासी आयोग

अध्यक्षः रामवहादुर थापा
सदस्यहरु
मीन श्रीस मगर
मिनसिंह लामा
रिना राना
चरण राई

मधेसी आयोग
सदस्यहरु
जिवछ साह
रेणुदेवी शाह
विजय गुप्ता

थारु आयोग
सदस्यहरु
विकास चौधरी
बबिता चौधरी
सुबोधसिंह थारु
भोलाराम चौधरी
मुस्लिम आयोग
महमुद्दिम अली
मिर्जाअर्सद बेग

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे