संसद विघटन बिरुद्ध दाङकाे घोराही र तुलसीपुरमा बिरोध प्रदर्शन



संसद विघटन बिरुद्ध दाङकाे घोराही र तुलसीपुरमा बिरोध प्रदर्शन

घोराही ५ पुस । प्रतिनिधिसभा विघटन विरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका नेता तथा कार्यकर्ताले सडकमा उत्रिएका विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका जनवर्गीय संगठनहरु प्रदर्शनमा उत्रिएका हुन् ।

आइतबार साँझ दाङको घोराहीमा उनीहरुले प्रदर्शन गरेका हुन । प्रदर्शनमा सहभागी नेता, कार्यकर्ताहरुले ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’ ‘संसद विघटन जनमतको धोका हो’, लगायतका नारालगाएका थिए । कार्यक्रमलाई सम्वोधन गर्ने नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्वर्थका कारण देशलाई बन्धक बनाएको भन्दै अवैधानिक कदम सच्याउन आग्रह गरेका थिए ।

उनीहरुले सरकार विरुद्ध नारावाजी गर्दै जनताको अभिमतको अविमुल्यन नगर्न समेत आग्रह गरेका थिए । विरोधसभा अघि घोराहीको तुलसीपुरचोकबाट सुरु भएको ¥यालीले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध नारावाजी समेत गरेका थिए । कार्यक्रमको सहजीकरण अनिरास्वीयू दाङका संयोजक जंग रोकाले गरेका थिए ।

यस्तै प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपतिले संघीय संसद विघटन गरेपछि शान्ति समाज दाङ शाखाले साङ्केतिक बिरोध प्रर्दशन गरेको छ । आईतबार समाजले तुलसीपुरको विपी चोकमा सरकार विरुद्ध सांङ्केतिक विरोध गरेको हो ।

शान्तिसमाज दाङ शाखा अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विरोध सभाका प्रमुखवक्ता शान्ति समाजका केन्द्रिय महासचिव शुशिल बस्नेतले प्रधान मन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी भित्रको कलहलाई समाधान गर्न नसकेर संसद विघटन गरेको बताए । ‘देश प्रतिगमन तर्फ गई रहेको र देशमा कु हुन सक्ने आशंका शान्ति समाजले गरेको थियो र त्यसको विरुद्धमा हामीले आवाज उठाउँदै आएको थियौँ त्यही आशंकाको नतिजा आज देखिएको छ बस्नेतले भने’ ।

आम नागरिकले देशमा कु लागु हुन्छ, देशमा प्रतिनिधि सभाको विघटन गरेर असंवैधानिक तरीकाले स्वच्छाचारी ढंगले अलोकतान्त्रिक तरिकाले संसद विघटन हुन्छ भनेर कल्पना पनि नगरेको अवस्थामा राष्ट्रिपति विद्यादेवी भण्डारीले समेत त्यसको सर्मथन गरेको भन्दै सरकारले आफ्नो राजनितिक स्वार्थको लागि संसद विघटन गर्नु लोकतन्त्रको सबै भन्दा ठुलो उपहास भएको बताए । लोकतन्त्रको उपहासको विरुद्ध शान्ति समाज सडकमा आएको बताउदै संसद बिघटन अकल्पनिय तरीकाले नभई सुनियोजित तरीकाले भएको आरोप लगाए । साथै बस्नेतले आम नागरिक संसद विघटनको निर्णय सच्चाउनको लागि एकतावद्ध तरिकाले लाग्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै शान्ति समाज दाङका संस्थापक अध्यक्ष डिल्लीराज धितालले देशका लागि आज कालो दिन भएको बताए । भ्रष्ट्राचारमा लिप्त सरकारले अरु कुनै उपाय नपाएर संविधानको धज्जी उडाउने काम गरेको आरोप लगाए । प्रधानमन्त्रि ओलीले आफ्नो दुई तिहाई बहुमत र जनताको अभिमत र लोकतन्त्र माथि जुन किसिमको उपेक्षा गरेको बताउदै उनले सरकारले संविधानमा कल्पना नगरिएको विना कारण कायरर्ता पुर्ण निणर्य गरेको बताए ।

कार्यक्रममा अधिकारकर्मी देवीका नेपाली, हुमाकान्त कडेल, यज्ञ बिक, गोपाल शर्मा लगायतले बोलेका थिए । विरोध सभामा कुशासनमा लिप्त ओली सरकार, प्रतिगमनको सबै भन्दा ठुलो मतियार, संसद बिघटन, लोकतन्त्रको सबैभन्दा ठुलो उपहास, प्रतिनिधि सभा बिघटन, असंबैधानिक, स्वच्छाचारी एवं अलोकतान्त्रिक लगायत पम्प्लेट बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे