LISTEN LIVE RADIO

गणपति लघुवित्तद्वारा सदस्यहरूलाई एक दिने व्यावसायिक गुडिया तथा कुशन बनाउन तालिम प्रदान



गणपति लघुवित्तद्वारा सदस्यहरूलाई एक दिने व्यावसायिक गुडिया तथा कुशन बनाउन तालिम प्रदान

भालुवाङ २६ पुस । दाङ—देउखुरीको गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गोबरडिहाद्वारा एक दिने गुडिया तथा कुशन बनाउने तालिम गढवा गाउँपालिका—३, गोबरडिहामा सम्पन्न भएको छ । संस्थामा आबद्ध महिला सदस्यहरूको ज्ञान, सिप तथा क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिम सञ्चाचलन गरिएको हो ।

गणपति लघुवित्तमा आबद्ध ग्राहक सदस्यहरूको क्षमता अभिवृद्धि गर्नुका साथै महिला सदस्यहरूलाई स्व-उद्यमी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको शाखा प्रमुख पबित्रा गिरीकाले जानकारी दिइन् । तालिममा संस्थामा आबद्ध ३० जना महिला सदस्यहरूको उपस्थिति भएको थियो भने तालिमको प्रशिक्षक चम्फा वली रहेकी थिइन् ।

तालिम लिएका सहभागीहरुले व्यवसासयिक रुपमा व्यवसाय सञ्चालन गर्न चाहेको खण्डमा संस्थाले सहुलियत दरमा कर्जा उपलब्ध गराउने शाखा प्रमुख गिरीले बताइन् । उनले व्यवसायिक तालिम नदिईकन ऋण लगानी गर्दा सदस्य र संस्था डुब्ने जोखिम रहेको भन्दै सदस्यहरुलाई व्यवसायिक उद्यमी बनाउन तालिम सञ्चालन गरिएको शाखा प्रमुख गिरीले बताइन् ।

सदस्यहरुको माग र आवश्यकताका आधारमा संस्थाले विभिन्न चरणमा छुट्टाछुट्टै व्यवसायिक तालिम सञ्चालन गर्दै आइरहेको समेत शाखा प्रमुख गिरीले बताइन् । ज्ञान, सिप, क्षमताले नै हरेक मानिसलाई आत्मानिर्भर बनाउने भएकोले हामीले व्यवसायिक तालिम सञ्चालन गर्दै आईरहेको शाखा प्रमुख गिरीको भनाई छ ।

संस्था लिमिटेडको शाखा कार्यालय गोबरडिहाको शाखा प्रबन्धक पबित्रा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा तालिमका सहभागी सदस्यहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । तालिमको सहजीकरण शाखाको कर्मचारी बिष्णा थापा क्षेत्रीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे