LISTEN LIVE RADIO

गढवामा सञ्जाल मार्फत सहकारीहरुलाई सचेत गराइदै



गढवामा सञ्जाल मार्फत सहकारीहरुलाई सचेत गराइदै

गढवा २१ साउन । गढवा गाउँपालिकामा पालिका स्तरीय सहकारी सञ्जाल मार्फत सहकारी संस्थाहरुलाई सचेतना मार्फत सचेत गराउन थालिएको छ ।

शुक्रवार देखि स्थानीय सरकारको सहकारी हेर्ने शाखासंगको समन्वयमा गढवामा कृयाशिल सहकारी संस्थाहरुका अध्यक्षहरु, ब्यवस्थापकहरु र लेखा सुपरिबेक्षण समितिका संयोजकहरुलाई सहकारी ऐन नियमावली र सहकारी ब्यवस्थापनका बारेमा तालिम मार्फत सचेतना प्रदान गर्न थालिएको सञ्जालका अध्यक्ष बेगम गहतराजले जानकारी दिए ।

सञ्जालका अध्यक्ष बेगम गहतराजको अध्यक्षतामा गढवाको पुतलीबजारमा सुरु भएको तिन दिने सचेतना तालीम तथा अन्तरक्रियाको उद्घाटन गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले गरेकी हुन् । कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले सहकारीहरुलाई नियमन, अनुगमन र ब्यववस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारमा आएकोले पालिकाभरमा कृयाशिल सहकारीहरु सहकारीको ऐन, नियमावलीको मूल्य मान्यताको मापदण्ड बमोजिम संचालन गर्नुपर्ने बताइन् । पछिल्लो समयमा केहि सहकारीहरुमा बिकृती बिसंगति देखिन थालेकोमा चिन्ता प्रकट गर्दै चौधरीले नियमन र अनुगमनको पाटोलाई स्थानीय सरकारको तर्फबाट प्रभावकारीता दिने बताइन् । सहकारी सञ्चालकहरुले सहकारी ऐन नियमावली र आफ्नो बिनीयम अध्ययन गर्नुपर्ने र त्यसको बिपरित कार्य सञ्चालन गर्न नहुने उनको सुझाव थियो ।

शुक्रवार देखि सुरु भएको तिनदिने तालिम आईतवार सम्म चल्ने बताइएको छ । जसमध्ये पहिलो दिन सहकारीका अध्यक्षहरु, दोश्रो दिन सबै सहकारीका ब्यवस्थापकहरु र तेश्रो दिन लेखा सुपरिबेक्षण समितिलाई तालिम प्रदान गरिएको हो । उद्घाटन कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य मिना गुरुङ, समुदाय स्रोत ब्यवस्थापन केन्द्र गढवाका संस्थापक अध्यक्ष बिष्णुमाया बस्याल र चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी लगायतले शुभकामना मन्तब्य राखेका थिए । तालिमको प्रशिक्षकमा निर्मल भुसाल, ओम प्रकाश बस्याल र बेगम गहतराज रहनु भएको छ । कार्यक्रममा सहकारी सञ्जाल गढवाका सचिव देवकिशोर चौधरीले स्वागत मन्तब्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे