सिसहनियाँका युवा व्यवसायी प्रशान्तले जन्मदिनमा गरे अनुकरणीय काम



भालुवाङ ५ वैशाख । दाङ देउखुरीका युवा व्यवसायी प्रशान्त बस्यालले आफ्नाे जन्मदिन निलसागर सेवा आश्रम पिपरीमा मनाएका छन् ।

सडकबाट उद्दार गरेर आश्रममा राखिएका व्यक्तिहरुलाई सहयाेग गरेर उनले जन्मदिन मनाएका हुन् । लमही नगरपालिका-३ टिकुलीगढ घर भई हाल सिसहनियाँ बजारमा बस्याल ट्रेडर्स सञ्चालन गरेका प्रशान्तले २ बाेरा चामल, ५ किलाे नुन, तीन लिटर खाने तेल, आधा किलाे चियापत्ति, पाँच किलाे दाल, तीन किलाे तरकारी, फलफूल लगायतका सामाग्री हस्तान्तरण गरेर जन्मदिन मनाएका हुन् । उनकाे साथमा परिवारका सदस्य र साथीहरु पनि निलसागर आश्रम पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे