दाङमा आइटेल ब्राण्डकाे मोबाइल एकै दिन एघार हजार बढी पिस बिक्री



दाङमा आइटेल ब्राण्डकाे मोबाइल एकै दिन एघार हजार बढी पिस बिक्री

घोराही १४ मंसिर । दाङमा आइटेल माबाइल एकै दिनमा एघार हजार पिस सेल्स भएको छ । दाङमा बिक्री बितरण भैरहेका अधिकांश मोबाइल ब्रान्डहरुमा आइटेल ब्रान्डको यो पहिलो कृतिमानी हो ।

गत बर्षदेखि दाङ लगायत सल्यान र रुकुम जिल्लाको लागि आधिकारीक डिलरको रुपमा रहेको इलेक्ट्रो वल्र्ड घोराहीले उक्त परिमाणमा मोबाइल सेल्स गर्न सफल भएको हो । सो अवसरमा दाङको घोराहीमा केक काटेर आगामी दिनमा पनि यसरी नै काम गर्ने प्रतिबद्धता सहित रिटेलर तथा पत्रकारहरुको उपस्थितिमा कार्यक्रम गरिएको छ।

एक सय दिनको रिप्समेन्ट ग्यारेन्टी र एक बर्षको वारेन्टी सहित बजारमा आएको आइटेल मोबाइल अम्बे ग्रुपमार्फत संचालनमा आएको महालक्ष्मी मोबाइल प्रालिले नेपालमा बिक्री बितरण गरिरहेको छ । यो ब्रान्ड नेपाली बजारमा अत्याधिक रुचाइएको ब्रान्ड भएको र यो मोबाइल निकै बलियो र निम्न बर्गका ग्राहकहरुले पनि प्रयोग गर्न सकिने कम्पनीका सेल्स म्यानेजर मनिसकुमार गुप्ताले बताए ।

ग्राहकले रोजे जस्तो र खोजे जस्तो भएका कारण सबैले मोबाइल प्रयोग गर्न पनि अपिल गरेका छन् । उनले आइटेल मोबाइलको बारेमा प्रष्ट समेत पारेका थिए । कार्यक्रममा उपस्थित सबैले आ–आफ्नो धारणासहित शुभकामना पनि ब्यक्त गरेका थिए ।

इलेक्ट्रोवल्डका संचालक शिवराज जिसीको अध्यक्षतामा तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता एव महालक्ष्मी मोबाइल प्रालिका सेल्स म्यानेजर मनिसकुमार गुप्ता र मोबाइल डिलर संघ दाङका अध्यक्ष राज रानाको बिशिष्ट आतिथ्यतामा भएको थियो ।

कार्यक्रम आइटेल मोबाइलका दाङ सर्भिस पार्टनर शरद शर्मा लगायत रिटेलरहरुको उपस्थितिमा रहेको थियो । कार्यक्रमको सहजीकरण महालक्ष्मी मोबाइल प्रालिका एरिया सेल्स म्यानेजर दिपक वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे