एमाले ५ नम्बर वडा कमिटी राप्तीद्वारा श्रद्धाञ्जली सभा



सिसहनियाँ ३० चैत । नेकपा एमाले राप्ती- ५ वडा कमिटीको आयोजनामा श्रद्धाजली सभा सम्पन्न भएको छ ।
नेकपा एमाले राप्ती गाउँपालिका ५ नम्बर वडा कमिटी सदस्य लठ्ठहवा निवासी स्वर्गीय कालिप्रसाद चाैधरीको ११ औं दिनमा आज श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

स्वर्गीय चाैधरीका कान्छा सुपुत्र रोशन चाैधरीको अध्यक्षता एवं सांसद एमाले राप्ती गाउँपालिका कमिटी अध्यक्ष मदन अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले स्वर्गीय चाैधरीको निधनले पार्टीलाई अतुलनीय क्षती पुगेको बताएका थिए । साथै उनले देखाएको बाटोमा हिडनुपर्ने बताएका थिए ।

श्रद्धाञ्जली सभा कार्यक्रम पार्टीका ओमनाथ बञ्जाडे लगायतका वक्ताहरूले शोक मन्तव्य व्यक्त गरेका थिए । स्वर्गीय चाैधरीका नाति सरोज चाैधरीले स्वर्गीय हजुरबुवाले समाजमा पुर्‍याएको योगदान बारे चर्चा गरेका थिए भने कार्यक्रमको सञ्चालन देवप्रसाद चाैधरीले गरेका थिए । चाैधरीको ५० वर्षको उमेरमा चैत १९ गतेका दिन निधन भएको थियोे । उनका १ छोरा, ५ छोरी र श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे