कमलरोड टोलको विभिन्न क्षेत्रमा सरसफाई, जथाभावी फोहोर फाले १ हजार जरिवाना



सिसहनियाँ ३० चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ कमलरोड टोलको विभिन्न क्षेत्रमा सरसफाई गरिएको छ ।

नयाँ वर्षको अवसरमा कमलरोड टोल विकास संस्थाले बुधबार आफ्नो क्षेत्र भित्र पर्ने पुर्व पश्चिम राजमार्ग अन्तरगत दोलाईखोला पुल वरपर र राजमार्ग क्षेत्रमा सरसफाई गरेको हाे ।

पछिल्लो समय राजमार्ग छेउछाउ र पुलमुनि फोहोर बढ्न थालेपछि टोलविकास संस्थाको सक्रियतामा सरसफाई गरिएको संस्थाका अध्यक्ष ले बताएका छन् ।

त्यस्तै संस्थाको बुधबार बसेको बैठकले जथाभावी फोहोर फाल्नेलाई रू १ हजार जरिवाना तिराउने र आफ्नो घरवरपरका फोहोर आफै व्यवस्थापन गर्ने निर्णय समेत गरेको टोल विकास संस्थाकि सचिव राधा पाण्डेले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे