LISTEN LIVE RADIO

गुरुकुलका विद्यार्थी उत्कृष्ट नृत्य अवार्ड सहित एनसिसि तालिम सफल गरि गृह जिल्ला फर्किए



दाङ १० माघ । गुरुकुल एकेडेमिका विद्यार्थीहरु राष्ट्रिय सेवा दल (एनसिसि)को तालिम सकेर गृह जिल्ला फर्किएका छन् । गत मंसिर बाट आफ्नै बिद्यायलयमा ३५ दिन अर्थात पुस २४ गते सम्म तालिम गरेका विद्यार्थीहरुले नेपाल सरकार र नेपाली सेनाको आयोजनामा भएको १५ दिने तालिममा भाग लिन बाँके जिल्ला गएका थिए ।

नेपाल भरीबाट छनोट गरी गराइने उक्त तालिममा गुरुकुल एकेडेमि पनि छनोटमा परेको थियो । एनसिसि तालिम अन्तर्गत दास्रो पटक भाग लिएको गुरुकुलले एसपटक उत्कृष्ट नृत्य अवार्ड हात पारेको छ । देश भरी बाट छनोट भएका बिद्यालयले १८ जना छात्र तथा १८ जना छात्रा गरी जम्मा ३६ जनाको विद्यार्थी टिमलाई तालिममा सहभागि गराउने गरीन्छ ।

जस अन्तर्गत दाङ जिल्लाबाट गुरुकुल एकेडेमि मात्र छनोटमा परी ३६ जना विद्यार्थीलाई तालिममा सामेल गर्न सफल भएको गुरुकुल एकेडेमिका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए । नेपाल सरकारले एनसिसि तालिममा सामेल हुने विद्यार्थीको लागि आबश्यक आर्थिक ब्यबस्था गर्ने गर्दछ भने नेपाली सेनाले तालिम दिने गर्दछ । यसको मुख्य उद्धेश्य भनेको अहिलेका युवाहरुलाई नेतृक्त्व सिपमा बिकास गराउने, आत्म रक्षाका लागि तयारी गराउने, आफ्नो देशलाई माया गर्न सिकाउने, अनुसासन सिकाउने, कलाको बिकास गर्न सिकाउने लगाएतका कुराहरु रहेका छन ।

उद्धेश्य अनुरुप तालिममा भाग लिएका गुरुकुल एकेडेमिका विद्यार्थीहरुले उत्कृष्ट नृत्य प्रस्तुत गर्दै अवार्ड हात पार्न सफल भएका हुन । आज तालिमको १५ औ दिन अर्थात अन्तिम दिन अर्वाड सेरेमोनि कार्यक्रमको आयोजना गरी उत्कृष्ट नृत्य अवार्ड पाएको गुरुकुल एकेडेमिलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरीएको हो । तालिम सकिय लगतै बिद्यार्थि गृहजिल्ला फर्किएका छन् । एनसिसिको प्राबधान अनुसार एकपटक छनोटमा परी राम्रो प्रस्तुति दिन सकेको खन्डमा लगातार ३ बर्ष तालिममा सहभागि हुन पाउने हो । सोहि अनुरुप गुरुकुल दोस्रो बर्ष तालिममा सहभागि भएको छ ।

गत बर्षको तालिममा उत्कृष्ट प्रर्दशन गरी यो बर्ष तालिममा सहभागि भएको थियो र अहिले पनि अवार्ड हात पारेको हुँदा अर्को बर्ष पनि तालिममा सहभागि हुन पाउने छ । गुरुकुल एकेडेमिले बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रममा सहभागि जनाउदै आएको छ । यस्ता कार्यक्रमहरुमा भाग लिएपछि केहि न केहि अवार्ड हात पार्ने गुरुकुलले केहि दिन आगाडि प्याव्सन दाङको आयोजनामा भएको हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।

ब्यबहारीक शिक्षा मात्र नभएर प्रयोगात्मक शिक्षा प्रदान गर्न बिद्यालयले बिद्यार्थिहरुका लागि प्रत्येक बर्ष कक्षा ९ लाई ८ दिने क्लोज क्याम्पको आयोजना पनि गर्ने गर्दछ । जसबाट विद्यार्थीले प्रतक्ष्य रुपमा गाँउघरमा हुने कृयाकलापको अनुभव गर्ने र सिक्ने मौका प्राप्त गर्दछन । प्लस २ अन्तर्गत बिज्ञान संकायका विद्यार्थीहरुका लागि बोटानिकल भ्रमण गराइन्छ भने ब्यबस्थापन संकायका विद्यार्थीहरुका लागि औद्योगिक भ्रमण गराइने सहायक प्रधानाध्यापक गिरीले बताए । जिल्लामा यस्ता कृयाकलापमा सहभागि गराउदै शिक्षा प्रदान गर्ने एकमात्र बिद्यालय हो गुरुकुल एकेडेमि । जसको प्रभावले गर्दा बिद्यार्थि तथा अभिभावकको अत्यधिक रोजाइमा पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे