LISTEN LIVE RADIO

कालापानीमा बन्दै गरेको १५ शैयाको अस्पतालको अध्यक्ष विष्टद्धारा अनुगमन



सिसहनियाँ १० माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानीमा निर्माणाधीन १५ शैयाको अस्पतालको मंगलवार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको टोलीले अनुगमन तथा निरीक्षण गरेको छ ।

भवन संघीय सरकारको १९ करोड ४२ लाख ८२ हजार ६ सय ३७ रुपैया ९ पैसा शर्सत अनुदानमा निर्माण हुन लागेको हो । सो भवन बिकोई÷नव सिर्जनशील÷स्लेट–जे.भी. सिनामंगल–९ काठमाण्डौंले २०७८ साल फागुनमा १२ गते ठेक्का सम्झौता गरि २०८० साल चैत ११ गते भित्र काम सम्पन्न गर्ने गरि काम भैरहेको निर्माण व्यावसायी रवी गौतमले जानकारी दिएका छन् ।यस अस्पतालको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आए पश्चात् राप्ती गाउँपालिका लगायत छिमेकी पालिकाका हजारौं नागरिकहरुले आफ्नै ठाउँबाट छिटो, छरितो र सुलभ रुपमा स्वास्थ्य सेवा पाउने छन् । अनुगमन तथा निरीक्षण कार्यक्रममा पालिकाकी उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वली, ५ नम्बर वडा अध्यक्ष देबप्रसाद चौधरी लगायत प्राविधिकहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे