टरिगाउँ बिमानस्थलमा ईन्धन डिपोको काम सुरु हुने



टरिगाउँ बिमानस्थलमा ईन्धन डिपोको काम सुरु हुने

दाङ८ मंसिर । दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टमा हवाइ इन्धन डिपो स्थापनाको लागी तत्काल काम अघि बढाईने भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले ६ वटा टयाङ्की र २ वटा बाउजर मेसिन तयारी अवस्थामा रहेकाले अबको १६ दिनपछि काम सुरु गरिने बताएका छन् ।

टयाङ्की र बाउजरका लागि टेन्डर आह्वान भइसकेको छ । आउदो बैशाख १ गते उद्घाटन गर्नेगरी निर्माण कार्यलाई तिब्रबनाईने उनले जानकारी दिए । दुईवटा टयाङकले दैनिक ३ वटा जहाज आएपनि एक महिनासम्म तेलले धान्ने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । तत्कालका लागि कार्यालय, क्यालीब्रेसन टावर र पार्कीङको काम सुरु गरिने उनले बताए ।

त्यसका लागि ७ कठ्ठा जग्गा नेपाल नागरिक उड्डयन प्राधिकरणले दिनका लागि मौखीक रुपमा सहमति जनाई सकेको छ भने तुलसीपुर उपमहागनरपालिकाले १ करोड र निगमले ५ करोड खर्चने गर्ने भएको छ । निगमबाट आएको प्राविधिक टोलिले जग्गाको सर्वेसमेत गरेको छ । इन्धन डिपो स्थापना भएपछि तुलसीपुर–डोल्पा र तुलसीपुर –पोखराका लागि उडान भर्ने गरी छलफल भइरहेको तुलसीपुुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

इन्धन डिपो संचालन भएपछि दाङबासीको ठूलो सपना पुरा हुने उनले बताए । टोलीमा उद्योग बाणिज्य संघका सल्लाहकार नारायण खनाल, व्यवसायीहरू निमबहादुर केसी, बलदेव आचार्य, नगर प्रवक्ता श्याम डाँगी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे